कांग्रेस केन्द्रिय समितिद्धारा संसदीय दलको विधान अनुमोदन

कांग्रेस केन्द्रिय समितिद्धारा संसदीय दलको विधान अनुमोदन

  • सोमवार, चैत्र २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाण्डौ ,२२ चैत्र ।

कांग्रेस केन्द्रीय समिति बैठकले संसदीय दलको विधान अनुमोदन गरेको छ ।

संविधानसभा भवन नयाँ बानेश्वरको एक हलमा बसेको बैठकले संसदीय दलद्वारा प्रस्तावित विधान अनुमोदन गरेको हो ।

दलको विधानमा अन्तरिम संविधान, २०६३ को सट्टा संविधान, संविधानसभाको सट्टा व्यवस्थापिका–संसद्, विकास क्षेत्रको सट्टा प्रदेशलगायत शब्द परिमार्जन गरिएको केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले जानकारी दिनुभयो ।

त्यस्तै दलको विधानमा नेपालको संविधानको अङ्गीकार गरेको समानुपातिक प्रतिनिधित्वको सिद्धान्तबमोजिम महिला, दलित, आदिवासी ÷जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट उम्मेदवार हुने गरी सम्पूर्ण सदस्यबाट मतदान भई निवार्चित जम्मा १५ जनाको व्यवस्था गरेको जोशीले बताउनु भयो ।

कांग्रेसले संसदीय दलको नेताको निर्वाचन यही चैत २४ गते र संसदीय कार्यसमितिको २६ गते निर्वाचन गर्न मिति निर्धारण गरेको छ ।

कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ