काठमाडौ २२ चैत्र । निजी विद्यार्थीहरुले मनपरी शुल्क बढाएको सम्बन्धमा विभिन्न विद्यार्थी संगठनहरुले आज शिक्षामन्त्री गिरीराजमणी पोखरेललाई ज्ञापनपत्र बुझाउने भएको छ ।
निजी विद्यायहरुले मापदण्ड विपरित आफूखसी शुल्क बढाएको तथा विद्यार्थी संगठनहरुसँग यसअघि भएको सम्झौता कार्यन्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाउने तयारी गरेको नेवि संघ प्रवक्त युपी लामिछानेले जानकारी दिनुभयो ।
सरकारसँग भएको शुल्क समायोजन, भारतीय बोर्डका विद्यालयलाई कानुनी दायरामा ल्याउने तथा सामुदायिक विद्यालयको स्तर सुधार्ने लगायतका विषयमा सरकारले वेवस्ता गरेको विद्यार्थी संगठनहरुको आरोप छ ।
नाकाबन्दी खुलेपनि ग्यास वितरण सहज नभएको तथा कालोबजारी मौलाएको भन्दै कांग्रेस निकट नेवि संघ, एमाले निकट अनेरास्ववियु, माओवादी निकट अखिल क्रान्तिकारीले विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्दै आएका छन् ।