भारतीय गृहमन्त्री सिंहले गरे नेपालको राजसंस्था पुनर्बहालीको सिलसिलामा गोप्य छलफल

भारतीय गृहमन्त्री सिंहले गरे नेपालको राजसंस्था पुनर्बहालीको सिलसिलामा गोप्य छलफल

  • सोमवार, चैत्र २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौं, चैत्र २२ /राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी र पूर्वप्रधानसेनापति रुक्मङ्गगद कटवाल भारत भ्रमण गरी हालै फर्कनु र सत्ताको तेश्रो ठूलो घटक राप्रपा नेपालमा भयंकर हलचल आउनुलाई संयोग मात्रै मानिएको छैन ।

समाचार श्रोतकाअनुसार भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालको राजसंस्था पुनर्बहालीको सिलसिलामा हालै दिल्लीमा गोप्य छलफलको आयोजनासमेत गरेका थिए ।

छलफलमा नेपालका तर्फबाट लोहनी र कटवालका साथसाथै संघीयता विरोधी कानुनविद् भीमार्जुन आचार्यलगायतको पनि उपस्थिति रहेको थियो । कम्युनिष्टहरूलाई कमजोर बनाउने र हिन्दूवादीहरूवीच ध्रुबीकरण गराउने अभियानअन्तर्गत उक्त भेला भएको बताइन्छ ।

धर्म निरपेक्षतावादी कम्युनिष्टहरूसँग मिलेर भारत विरोधी मोर्चाको सरकारमा सामेल भई कमल थापाले गद्दारी गरेको कुरा भाजपाका नेताहरूले भेलामा उठाएका थिए ।

उनीहरूले अब कमल थापालाई बाइकट गरेर नयाँ ध्रुबीकरणमा जानुको विकल्प नभएको सुझाव लोहनी, कटवाल र भीमार्जुनलगायतका विज्ञहरूले दिएको समाचार श्रोतले जनाएको छ ।

कांग्रेसको अधिवेशनमा शुभकामना दिन आएका भारतीय जनता पार्टीका नेता भगतसिंह कोस्यारीले कमल थापाले भेटका क्रममा गरिएको अनुरोध सुनेर पनि नसुने जस्तै गरेका थिए ।

थापालाई राप्रपा नेपालभित्रै अल्पमतमा बनाउने र वर्तमान सरकारलाई दिइएको समर्थन फिर्ता लिने रणनीति बनाइएको थियो । यसका लागि केशरबहादुर विष्टलाई अघि सार्ने निर्णयसमेत भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ