धरानबाट १६ किलोमिटर उत्तरमा अवस्थित भेडेटार बजारबाट अढाई किलोमिर पूर्वमा अवस्थित नाम्जेमा ४ करोडको लागतमा होटल भयू पोईन्ट सञ्चालनमा आएको छ ।
सन् २०१२ मा सिएनएनले पुग्नै पर्ने विश्वका उत्कृष्ट १२ गाउ“मध्ये नाम्जेलाई ८ औं स्थानमा छनौट गरेपछि यो गाउँको चर्चा चुलिएको थियो ।
त्यसपश्चात त्यहाँ घुम्न आउने पर्यटकहरुको संख्यामा ह्वात्तै बृद्धी हुन गयो । त्यहाँको हावापानी र मगर सँस्कृतिले जो कोही पर्यटकलाई लोभ्याउने गर्दछ ।
पर्यटकीय स्थलका रुपमा रहेको सो स्थलमा विभिन्न होटल तथा होम स्टे खुल्ने क्रम बढीरहेकै क्रममा यो पनि खुल्न गएको हो ।
यसै क्रममा आन्तरिक एवं बाह्य पर्यटकहरुका लागि लक्षित गर्दै भेडेटार–७ स्थित नाम्चेमा होटल नाम्जे भ्यू पोइन्टको शुभारम्भ भएको हो ।
चार तलामा अवस्थित सो होटलमा १४ बटा सुत्ने कोठा, १ सेमिनार हल , १ रेष्टुरेन्ट एण्ड बार रहेका छन् ।
१ कठ्ठा क्षेत्रफलमा अवस्थित सो होटल ४ करोडको लगानी भै सकेको होटलका संचालक सुदर्शन खड्काले जानकारी दिनु भयो ।