काठमाण्डौ ,२१ चैत ।
नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीको संसदिय दलको नेतामा उठ्ने निश्चित भएको छ । आगामी बुधवार हुने निर्वाचनमा पौडेलले आफ्नो उम्मेदवारी दिने पक्का भएको हो ।
पौडेलले आफु पक्षिय नेता तथा सांसदहरुसँगको परामर्श पछि दलको नेतामा उम्मेदवारी दिने तयारि गर्नुभएको छ ।
पौडेले आज दिउसो आफु पक्षिय सभासदहरुसँगको छलफल पछि संसदिय दलको नेतामा दाबी कायम राख्ने निर्णय गरिएको स्रोतले बताएको छ ।
राजधानीको एक पार्टी प्यालेसमा भएको सो भेलामा पौडेल पक्षीय ७० जना सांसद सहभागी रहेको बताईएको छ ।
यसअघि पौडेलले आज विहान अनामनगरमा पनि आफू पक्ष नेताहरुको बैठक गर्नुभएको थियो ।
आगामी बुधवार हुने संसदिय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline