काठमाण्डौ ,२१ चैत ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान जारी भएसँगै सबैका हक अधिकार सुनिश्चित भइसकेकाले अब कसैले पनि आन्दोलन गर्न आवश्यक नरहेको बताउनु भएको छ ।
पार्टी निकट राष्ट्रिय कर्मचारी संगठन पशुपति क्षेत्र विकास कोष एकाइको चौथो अधिवेशन उदघाटन कार्यक्रमलाई आज संबोधन गर्दै प्रचण्डले संविधान कार्यान्वयनका लागि सबैले आ आफ्नो जिम्मेवारी पूरा गर्नतर्फ ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाले कर्मचारीहरु अराजक र अनुशासनहीन बन्दै गएकाले सेवा प्रवाह नै प्रभावित बन्न थालेको बताउनु भयो । कर्मचारीहरु जिम्मेवारी र कर्तव्यबाट विमुख हुँदै गएकाले कर्मचारी संगठनका गतिविधि राजनीतिक एजेण्डा बनेको उहाको भनाई थियो ।
ट्रेड युनियन अधिकारका नाममा कर्मचारीहरु अराजक र अनुशासनहीन बनेको आरोप लगाउनु भयो । जनतालाई प्रभावकारी सेवा दिने तथा आर्थिक अनुशासन कायम राख्नेतर्फ कर्मचारी संगठनले भूमिका सन्तोषजनक नरहेको भन्दै उहाले यसलाई सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।