धरानको खानेपानी आयोजना निकासामा समस्या,लक्ष्य अनुसार काम हुन सकेन

धरानको खानेपानी आयोजना निकासामा समस्या,लक्ष्य अनुसार काम हुन सकेन

  • आइतवार, चैत्र २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

धरान, २१ चैत ।

धरानमा निर्माणाधीन खानेपानी आयोजनाका सम्बन्धमा आयोजना अनुगमन समिति र आयोजना कार्यान्वयन ईकाई वीच विशेष अन्तरक्रिया सम्पन्न भएको छ ।

आयोजना के कसरी अगाडि बढिरहेको छ, आयोजना कार्यान्वयनमा के कस्ता समस्या र चुनौतिहरु देखा परेका छन्, आयोजनालाई निर्धारित समयमा सम्पन्न गर्न कुन कुन निकायले के कस्तो भूमिका खेल्नु पर्छ र सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समिति र धरान उप–महानगरपालिका वीच भएको ११ बुंदे सहमति कार्यान्वयनका सम्बन्धमा कार्यक्रममा गम्भिर अन्तरक्रिया सम्पन्न भएको हो ।

अन्तरक्रिया संगै अनुगमन समितिका सदस्यहरुलाई कसरी अनुगमन गर्ने, अनुगमन गर्दा केके कुरामा विशेष ध्यान दिने, डिजाईन अनुसार काम भए नभएको कसरी जांच गर्ने, तोकिएको मापदण्ड बमोजिम सम्पूर्ण निर्माण तथा खरिद सम्बन्धि कार्यहरु भए नभएको कसरी जांच गर्ने, गुणस्तर परीक्षण कसरी गर्ने, अनुगमनको कार्यलाई कसरी प्रभावकारी बनाउने लगायतका विषयहरुमा छलmल भएको थियो ।

छलफलमा धरान उप–महानगरपालिकाका कार्यकरी अधिकृत तथा धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष टिकादत्त राई, विडिएका निर्देशक अनिल नेपाल, आयोजना व्यवस्थापक राजु पोखरेल, विडिएका टीम लिडर मुरारीलाल चौधरी लगायतको सहभागीता रहेको थियो ।

आयोजनाको प्रगति र विद्यमान समस्याहरु बारे ज्ञान हुनुका साथै लक्ष्य अनुरुप प्रगति हासिल गर्न र समस्या समाधान गर्न कार्यक्रम कोशे ढुंगा साबित भएको अनुगमन समितिका संयोजक सुजेन्द्र तामाङले बताए ।
उनले समयमा बजेट निकासा नभएका कारण मासिक ६ प्रतिशत कार्य सम्पन्न हुनुपर्नेमा ३ प्रतिशत मात्र हुने गरेको पाइएकोले नेपाल सरकार एवम् सम्बन्धित मन्त्रालय र निकायहरु गम्भिर हुनुपर्ने समेत बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ