बैदेशिक रोजगार व्यावसायी र सरकारबीच वार्ता हुदै

बैदेशिक रोजगार व्यावसायी र सरकारबीच वार्ता हुदै

  • आइतवार, चैत्र २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ ,२१ चैत ।

बैदेशिक रोजगार व्यावसायी र सरकारी टोलीबीच आज पुन: वार्ता हुदै छ ।

व्यावसायी र सरकारी टोलिबीच बिहान साढे ११ बजे वार्ता हुने बैदेशिक रोजगार व्याबसायी संघले जनाएको छ । यसअघि बिहिवार पनि सरकारी टोलीसँग छाफल भएको थियो ।

बिरोधमा उत्रिएका रोजगार व्यावसायीले सरकारको आग्रह स्वीकार्दै भिसा प्राप्त भएका करिब १५ हजार कामदारलाई १० दिन सम्म गन्तब्यमुलुक पठाउने प्रक्रिया सुरु गरिसकेका छन् ।

रोजगार गन्तब्य सात मुलुकमा फ्रि भिसा ,फ्रि टिकटमा कामदार पठाउने सरकारी निर्णयको बिरोधमा व्यावसायी आन्दोलित बनेका हुन् ।

यसैबीच श्रममन्त्री दिपक बोहराले बैदेशिक राजगारीमा कामदार मारमा परिरहेकाले सरकार पूर्ववत निर्णबाट पछि नहट्ने बताउनु भएको छ । उहाले बाहिर चर्चामा र्आजस्तो फ्रि भिसा र फ्रि टिकटमा सरकार पछि नहट्ने बताउनु भयो ।

आजको वार्तामा व्याबसायीहरुले सरकारी निर्णय पुनरविचार गरि उपर्युत्त विकल्प दिएर वर्तमान समस्याको समाधान खोज्न आग्रह गर्ने जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ