काठमाडौ ,२० चैत्र ।
नेपाल रिकन्डीसन अटो व्यवसायी संघको प्रथम राष्ट्रिय सम्मेलनबाट अमितमान जोशीको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन भएको छ ।
सम्मेलनबाट उपाध्यक्षमा रमेश कोइराला , महासचिव खगेन्द्र सिंह बम तथा कोषाध्यक्षमा राजकुमार देवकोटा चुनिनु भएको छ ।
यसैगरी सदस्यहरुमा इश्वरप्रसाद भट्टाराई, नविनकुमार पराख, र सुरेश मालाकार रहेका छन् । सम्मेलनले रिकन्डीसन अटो व्यावसायीहरुलाई संगठित र परदर्शी तथा व्यवस्थित बनाउदै लैजाने निर्णय समेत गरेको छ ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष जोशीले रिकन्डीसन अटो व्यवसायी क्षेत्रमा देखिएका विकृतिहरुलाई हटाउदै यस क्षेत्रलाई अझ चुस्त र परदर्शी ढङ्गले अघि बढाउने बताउनु भएको छ ।
त्यसका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताउनु भयो ।
