काठमाण्डौ, २० चैत्र ।
प्रधानमन्त्री केपीशर्मा ओलीले कालाबजारी नियन्त्रण गर्न सरकार प्रतिवद्ध रहेको दाबी गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ र नेपाल महिला संघका प्रतिनीधिहरुको ज्ञापन पत्र बुझ्दै ओलीले नाकाबन्दी नरहेको बेला पनि इन्धन र ग्यासको आपूर्ति असहज हुने कुरा सरकारलाई सैह्य नहुने बताउनुभएको छ ।
उहाँले तस्करी र कालोबजारी नियन्त्रणका लागि सरोकारवालासँग छलफल गरिरहेको बताउनुभयो । सरकारले तस्करीलाई प्रश्रय दिन कानून परिवर्तन गर्यो भन्ने हल्ला गलत भएको बताउँदै प्रधानमन्त्री ओलीले कुनै पनि कानून परिवर्तन र अध्यादेश जारी गर्नुपर्दा नेपाली कांग्रेससँग परामर्श गरिने स्पष्ट पार्नुभएको छ ।
पुननिर्माणको काम चुनौतिपूर्ण भएपनि त्यसलाई सम्पन्न गर्ने जिम्मेवारीबाट सरकार नभाग्ने प्रधानमन्त्रीले बताउनुभएको छ । वर्षायाम अगावै भूकम्प पीडितलाई सुरक्षित बसोबासका लागि सरकार प्रयासरत भएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभएको प्रधानमन्त्रीक प्रेस सल्लाहकार चेतन अधिकारीले जानकारी दिनुभयो ।