काठमाण्डौ ,१९ चैत ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईवीच आज भेटवार्ता भएको छ ।
लाजिम्पाटस्थित अध्यक्ष दाहालको निवासमा आज बिहान भएको भेटमा दुई देशको सम्बन्धका विषयमा छलफल भएको थियो ।
भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल बनाउन महत्वपूर्ण योगदान गर्नुभएको भन्दै राजदुतलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
यस्तै उहाँले चीनिया पक्षसँग भएको सम्झौता महत्वूर्ण रहेको भन्दै कार्यान्वयनको पक्षमा सहयोग गर्दै दुई राष्ट्रको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन चीनले सहयोग गर्नुपर्ने बताउनुभएको थियो ।
जवाफमा राजदुत चुन्ताईले सम्झौता कार्यान्वयनतर्फ चीन सजग रहेको बताएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline