काठमाडौ १९ चैत्र ।
काठमाडौ उपतयका लगायत मध्य तथा पूर्वका अधिकांश स्थानमा आज पनि मेघ गर्जन सहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उच्च वायु मण्डलमा न्यूनचापीय क्षेत्र बनेकाले आज देशभरीकै मौसममा बदली हुने भएको हो । आज बेलुकीपख धेरै स्थानमा मेघ गर्जन सहित वर्षा हुने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।
सामान्यतया गर्मी सुरु भएपछि जमिन बढी तातेर बादल बन्ने भएकाले मनसुन सुरु हुनुअघि बेलुकीपख मेघ गर्जन सहित वर्षा हुने गर्छ ।
बंगालको खाडी र अरव सागरबाट पनि पानी पार्ने वायु नेपाल आउने भएकाले मौसम बदली हुने महाशाखाले जनाएको छ । पछिल्ला २४ घण्टामा देशका धेरै ठाउँमा पानी परेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline