काठमाडौ १९ चैत्र ।
मन्त्री परिषदको बैठक आज बस्दैछ । बिहान ९ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा भारत र युरोपियन युनियन इयुले नेपाल मामिलामा दिएको संयुक्त वक्तव्यका विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्रीको हालै सम्पन्न चीन भ्रमणका साथै भारत इयुको संयुक्त वक्तव्यका सम्बन्धमा छलफल हुने बताइएको छ ।
भारत इयुको संयुक्त वक्तव्यका सम्बन्धमा छलफल गरी आधिकारिक धारणा बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाउनु भएको उहाँका प्रेस सल्लाहकार चेतन अधिकारीले जानकारी दिनुभयो ।
ब्रसेल्समा सम्पन्न भारत इयुको शिखर सम्मेलनपछि जारी संयुक्त वक्तव्यमा नेपालको नयाँ संविधान अपूर्ण रहेको आशय सहित समयसीमा भित्र विवादित विषय मिलाउन भनिएको छ ।
उक्त वक्तव्य नेपालको आन्तरिक मामिला माथिको ठाडो हस्तक्षेप भएको भन्दै पराराष्ट्रमन्त्रालयले यसअघि नै कडा आपत्ती जनाइसकेको छ ।
यस्तै प्रधानमन्त्रीको हालै सम्पन्न चीन भ्रमण, भूकम्पपछिको पुनर्निर्माण कार्य र मन्त्रालयका बिभिन्न एजेण्डाबारे पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।