काठमाडौ १८ चैत्र । स्वच्छा वातावरण र आर्थिक समृद्धिका लागि पुष्प व्यवासय भन्ने नाराका साथ आजबाट काठमाडौंको भृकुटीमण्डपमा १९ औं पुष्प व्यापार मेला सुरु भएको छ ।
नेपाल पुष्प व्यवसायी महासंघको आयोजनामा सुरु भएको प्रदर्शनीकोे कृषी विकास मन्त्री हरिबोल गजुरलेले उद्घाटन गर्नुभयो । मेलामा विभिन्न प्रजातीका फूल र फूल सम्बन्धी सामग्रीको ६४ वटा स्टलमा ४ सय प्रजातीका फूल राखिएको छ ।
थरिथरीका फूललाई कलात्मक ढंगले सजाएर भृकुटीमण्डपको हल चिटिक्क पारिएको छ । मेला आउँदो आइतबारसम्म चल्नेछ । नेपालमा सन् १९५० बाट सुरु भएको पुष्प व्यवसाय हाल ३८ जिल्लामा विस्तार भएको छ ।
एक सय ४१ हेक्टर क्षेत्रफलमा भइरहेको यो व्यवसायमा ४१ हजार भन्दा बढी व्यक्ति सहभागी रहेको महासंघले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline