काठमाडौ १८ चैत्र । स्वच्छा वातावरण र आर्थिक समृद्धिका लागि पुष्प व्यवासय भन्ने नाराका साथ आजबाट १९ औं पुष्प व्यापार मेला सुरु हुदैछ । राजधानीको भृकुटी मण्डपमा चार दिनसम्म चल्ने मेलाको बिहान ११ कृषिमन्त्री हरिबोल गजुरेलले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा हुने मेलामा विभिनन ६४ ओटा स्टल रहने आयोजकले जनाएको छ ।
मेलामा विभिन्न प्रजातिका फूलहरु प्रदर्शनीका लागि राखिनेछ । नेपालमा सन् १९५० बाट सुरु भएको पुष्प व्यवसाय हाल ३८ जिल्लामा विस्तार भएको छ ।
एक सय ४१ हेक्टर क्षेत्रफलमा भइरहेको यो व्यवसायमा ४१ हजार भन्दा बढी व्यक्ति सहभागी रहेको एसोसिएसनले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline