आगामी वर्ष आर्थिक वृद्धि बढ्ने प्रक्षेपण

आगामी वर्ष आर्थिक वृद्धि बढ्ने प्रक्षेपण

  • बुधबार, चैत्र १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ, १७ चैत । एसियाली विकास बैंक (एडिबी)ले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.८ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।

एडिबीले एसियाली मुलुकको समग्र विकास परिदृश्य आज सार्वजनिक गर्दै आगामी आवमा गरिने पुनर्निर्माण र व्यापार तथा पारवहनमा हुने सुधारबाट नेपालको आर्थिक वृद्धि ४.८ प्रतिशत पुग्ने अनुमान गरेको हो ।

भूकम्प र पूर्वाधार निर्माणका अत्यावश्यक वस्तुको आपूर्तिमा केही महिना उत्पन्न अवरोधका कारण थोक तथा खुद्रा व्यापार, यातायात, पर्यटन र आर्थिक सेवा अवरुद्ध हुँदा कुल गार्हस्थ्य उत्पादनमा कमी आएको, प्रतिकूल मौसमले कृषि क्षेत्रको विस्तार खुम्चिएको तथा ऊर्जा अभावले औद्योगिक क्षेत्रको वृद्धि पनि अपेक्षित रुपमा हुन नसकेको निष्कर्ष उक्त बैंकले निकालेको छ ।

पुनर्निर्माण र पुँजीगत खर्च वृद्धिमा जोड दिँदै उक्त बैंकका देशीय निर्देशक केनिची योकोयामाले चीन र भारतजस्ता विशाल अर्थतन्त्र भएका मुलुकबाट नेपालले फाइदा उठाउन सक्ने बताउनुभयो ।

जलविद्युत् परियोजना तथा पुनर्निर्माणका काम तीव्र गतिमा भएमा आर्थिक वृद्धि बढ्ने तर्क गर्दै योकोयामाले खरिदसम्बन्धी प्रक्रियागत जटिलता अन्त्य गर्नुपर्ने बताउनुभयो ।

विप्रेषणको आप्रवाहमा भएको उच्च वृद्धिका साथ आयातमा भएको कमीले चालु खाता बचत अघिल्लो आवको ४.६ प्रतिशतको तुलनामा कुल गार्हस्थ्य उत्पादनको ५.१ प्रतिशतले विस्तार भएको बताउँदै उहाँले चालु आवमा औसत मुद्रास्फीति बढ्ने जानकारी दिनुभयो ।

खाद्य पदार्थको मूल्य वृद्धि ११.८ प्रतिशत र गैरखाद्य वस्तुको मूल्यवृद्धि ९.५ प्रतिशतको औसतमा रहने अनुमान गरिएको बताउँदै योकोयामाले आगामी आवमा मुद्रास्फीति ८.२ प्रतिशत रहने बैंकको प्रक्षेपण सुनाउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी