काठमाडौँ, १७ चैत । भ्रष्टाचारजन्य अभियोगमा अदालतबाट सजाय पाएका पदाधिकारी वा कार्यकारी व्यक्ति कुनै राजनीतिक दलको सदस्य बन्न वा रहिरहन पाउँदछ कि पाउँदैन भन्दै निर्वाचन आयोगसमक्ष सूचना माग गरिएको छ ।
नेपालको संविधान, २०७२ को धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ र दफा ७ (१) बमोजिम सूचनाको हकका अभियन्ता तारानाथ दाहाल र कुमार चौलागाईंले संयुक्तरुपमा आज निर्वाचन आयोगसमक्ष निवेदन दर्ता गराउनुभएको हो ।
निवेदनमार्फत उहाँहरूले भ्रष्टाचारजन्य अभियोगमा अदालतबाट सजाय पाएका व्यक्ति राजनीतिक दल वा स्वतन्त्ररुपमा कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन वा पदमा कायम रहेर काम गर्न पाउछ या पाउँदैन भनी कानुनी व्यवस्था एवम् आयोगको प्रचलन र कानुनी प्रक्रियाका बारेमा जानकारी माग गर्नुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline