मधेशका माग संबोधन गर्न भट्टराईको आग्रह

मधेशका माग संबोधन गर्न भट्टराईको आग्रह

  • बुधबार, चैत्र १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

नेपालगन्ज, १७ चैत ।

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मधेस आन्दोलनको मागलाई सहमतिबाट टुङ्गोमा पु¥याउनुपर्नेमा जोड दिनुभएको छ ।

नेपालगन्जमा आज आयोजित पत्रकारसम्मेलनमा उहाँले भन्नुभयो–“संविधान निर्माणपछि नेपाल नयाँ युगमा प्रवेश गरेको छ, अब हामी सबै मिलेर समृद्धि र आर्थिक विकासको बाटोमा अग्रसर हुनुपर्छ ।”

पुरानो राजनीतिक चिन्तनबाट मुलुक र जनताको हित हुन नसक्ने धारणा राख्दै पूर्वप्रधानमन्त्री भट्टराईले नयाँ शक्ति, नयाँ सोच र नयाँ जाँगरबाट मात्र स्थिर राजनीतिक र सामाजिक विकास सम्भव हुन सक्छ भन्नुभयो ।

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उहाँले आप्mनो स्वाभामिन गुम्न नदिएर नेपालले भारत र चीनसँग सन्तुलित सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिँदै ती दुवै देशको आर्थिक समृद्धिबाट नेपालले पनि फाइदा लिन सक्नुपर्छ भन्नुभयो ।

संविधानको विकल्प अर्को संविधान हुन नसक्ने स्पष्ट पार्दै नयाँ शक्ति नेपालका संयोजकसमेत रहनुभएका पूर्वप्रधानमन्त्री भट्टराईले विवादित विषय यही संविधानलाई संशोधन गरेर समाधान गर्नुपर्छ भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ