पौडेललाई मनाउन देउवा पक्षीय नेताहरु बोहराटारमा

पौडेललाई मनाउन देउवा पक्षीय नेताहरु बोहराटारमा

  • बुधबार, चैत्र १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ १७ चैत्र ।  

पार्टी संसदीय दलको चुनावका विषयमा देखिएको विवाद समाधानका लागि कांग्रेस सभापति शेरबहादुर देउवा पक्षीय नेताहरुले अहिले नेता रामचन्द्र पौडेलसंग छलफल गर्दै हुनुहुन्छ ।

बोहराटारस्थित पौडेल निवासमा जारी छलफलमा दलको नेता र कार्यसमिति नभएका बेला पार्टी विधान संशोधनको अडान जायज नभएको भन्दै देउवा पक्षले नेता पौडेललाई मनाउने प्रयास गरिरहेको बताइएको छ ।

पार्टीको विधान संशोधन गरेर मात्र चुनाव गर्नुपर्ने अडानमा रहनु भएका पौडेलसँग छलफलका लागि सभापति देउवाल नेताहरु बिमेलन्द्र निधि, खुमबहादुर खड्का र गोपालमान श्रेष्ठलाई जिम्मा दिनुभएको छ ।

देउवा पक्षले पहिले संसदीय दलको नेता र कार्यसमिति चयन भएपछि मात्र विधान संशोधन गर्नुपर्ने बताएपनि पौडेल पक्ष भने तत्काल विधान संशोधन हुनुपर्ने अडानमा छ । कंग्रेसले यही चैत्र २४ गते संसदीय दलको निर्वाचन गराउने तालिका सार्वजनिक गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ