हुम्लाको बिकासका लागि कचहरी !

हुम्लाको बिकासका लागि कचहरी !

  • बुधबार, चैत्र १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ, चैत १७ । हुम्लाको विकासबारे जानकारहरुले स्थानीय नेता तथा अगुवाहरुबाट विशेष पहलकदमी लिने कार्यमा निरन्तरता भइरहेमा नयाँ स्तरको विकासको लहर ल्याउन सकिने बताएका छन् ।
गत साता राजधानीको संवाद डवली र सीप नेपालको सहकार्यमा आयोजित ‘हुम्लाको विकासमा नयाँ पहल’ विषयक विशेष कचहरीमा बोल्दै उनीहरुले सो विचार ब्यक्त गरेका हुन् ।
हुम्लाका सभाषद जीवनबहादुर शाहीले आफुहरु कस्तुरी रहेछौ भन्ने कुरा अहिले आएर थाहा हुन लागेको चर्चा गर्दै हुम्लाको विकासका लागि बाटो, बिजुली, विचार, बजार र वन उत्तम बाटो रहेको बताए ।
यही वर्ष हिल्साबाट ल्याइएको सडकले सदरमुकाम छुने र खुलालुदेखि उभो लिन खोजिएको सडक सेनाले दुई वर्षमा सिमकोट पु¥याउन सक्ने संभावना रहेको जानकारी दिदै उनले भने, ‘हिल्साको पुुल बनेपछि हिल्सादेखि कवाडीसम्म पीच गर्न चीन तयार छ ।’ उनले यारीको सुख्खा बन्दरगाहबारे यसअघि चीनसँग भएको सम्झौता ओझेल परेकोमा पनि चिन्ता ब्यक्त गरे ।
योजना आयोगका सदस्य विजय कँुवरले हुम्लाका ठुल्ठुला ज्युलामा सिचाई गर्ने ब्यवस्था गर्न सके स्थानीय उत्पादन बढाई भोकमरीको समचार सुन्न नपर्ने अवस्था आउने बताए ।
‘पहाडि भू–परिधि कार्यक्रमजस्तै चलाउन सकिन्छ’ उनले भने । अहिले अनिकाल पर्न लागेको जानकारीले विश्व खाद्यले कामका लागि खाद्यान्न दिन चाहेपनि समयमै चामल जान सक्ने स्थिति नरहेको जनाउँदै उनले खानेवानीमा परिवर्तन ल्याउन पनि आग्रह गरे । सदस्य कँुवरको विचारमा कर्नाली, सेती र महाकालीले विकासका लागि विशेष पहल गर्न आवश्यक छ ।
पत्रकार दीपेन्द्र रोकायाले हुम्लाको विकासमा नयाँ पहलका सन्दर्भमा एक कार्यपत्र प्रस्तुत गर्दै हुम्ला एसियाको गन्तब्य हुने संभावना रहेको र त्यसका लागि संभावित उपायका बारेमा चर्चा गरे । उनका अनुसार कृषिमा उत्पादन राहत र सबै गाउँमा सिचाई, बाह्देउ भ्यु टावर निर्माण गरी पर्यटनको विकास, जलविद्युत निर्माण र संभावित १५ नयाँ बस्ती विकास गर्न आवश्यक छ । ‘रुपडिहा–हिल्सा कर्नाली लोकमार्ग खुलेमा पूर्वी युरोपसम्म पुग्ने बाटो खुल्छ’ उनले भने, ‘त्यसका लागि अहिल्यै सोच्न पर्दछ ।’
राजनीतिशास्त्री प्रा.डा. गोपाल शिवाकोटीले अभाव र पीडा हुम्लाको भएपनि समस्या नेपालको भएकाले विकासका लागि बाहिरको आशा गर्ने आशे बानी त्याग्नपर्ने बताए ।
पौराणिक कालदेखि हुम्लाको जालन्धर क्षेत्र, किरात, नागराज हुँदै २००९ सालमा कम्युनिष्टबाट तीन महिना मुक्त भएको सन्दर्भहरुले हुम्लाले नेपालको नेतृत्व गरेको स्मरण गरे । उनले उक्त इतिहास बुझेर विकास गर्न लागेमा र हुम्लाको अन्न ब्यवस्थापन गर्न सके अहिले पनि अरु दुई हुम्लालाई पाल्न सक्ने देखिएको बताए ।
वरिष्ठ पत्रकार भैरव रिसालले कर्नाली नेपालको गौरव क्षेत्र भएको र त्यहाँका मान्छेमा सकारात्मक धारणा राख्ने आधार बने विकासको आधार संस्थागत हुने दावी गरे ।
एमाओवादी हुम्लाका नेता छिरिङ दम्डुल लामाले हुम्लाको सपना र भाग्य निमार्ण गर्न आफु हर तरहले लाग्ने दावी गर्दै पेटभरी खान पाए अरु विकास गर्ने आधार बन्ने प्रशंगहरु सुनाए । एमाले हुम्लाका नेता हस्तबहादुर शाहीले सुशासन विना विकास संभव नहुने टिप्पणी गर्दै अन्न उत्पादन बढाउन हुम्लाको माटो परिक्षण आवश्यक रहेको बताए ।
सीप नेपालका कार्यकारी प्रमुख अंगबहादुर लामाले हुम्लाको विकासको लागि स्थानीय आवाज सिंहदरवारका नीति निर्माण तहमा बस्नेहरुलाई सुनाउन आवश्यक रहेकाले काठमाडौमा कचहरी बस्न परेको जानकारी दिए ।
‘यसो नगरी हुम्लाको समस्या काठमाडौमा सुनिने नै भएन’ उनले भने, ‘यो अभियान जारी राख्नेछौ ।’ कार्यक्रममा युवा नेता छवी थापा, रणबहादुर रम्तेल, मंगल लामा, कुमार लामा, विद्या बुढा लगायतले हुम्लाको विकासका संभावना धेरै रहेको र त्यसलाई नेताहरुले ब्यवस्थापन गर्न नसकको तर्क गरेका थिए ।
सोही अवसरमा हुम्ला फुड इण्डष्ट्रिजका अध्यक्ष दीपक बुढालाई बरिष्ट पत्रकार भैरव रिसालले स्थानीय उत्पादनबाट विस्कुटहरु उत्पादन गरी त्यसको बजार विस्तार गरेकोमा खुशी हुँदै खादा ओढाएर सम्मान गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ