चैत्र १६ काठमाण्डौं । एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी ओलीको भ्रमणका क्रममा चीनसँग भएको सम्झौताको स्वागत गरेको छ ।
प्रधानमन्त्री कार्यालय बालुवाटारमा आज बसेको बैठकले चीनसँगको सहमतिले भारतमाथिको निरर्भरता घटाउने ठहर गरेको छ ।
सम्झौतालाई दृढतापूर्वक कार्यान्वयन गर्नसमेत प्रधानमन्त्रीलाई ओलीलाई बैठकले सुझाव दिएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिनु भयो ।
विभागहरुको गठनलगायतका विषयमा छलफल गर्न भोली बिहान ८ बजे स्थायी कमिटीको बैठक बोलाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline