धरानमा करेन्टलागि बिद्युत कर्मचारीको मृत्यु २ घाइते

धरानमा करेन्टलागि बिद्युत कर्मचारीको मृत्यु २ घाइते

  • मङ्लबार, चैत्र १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

 

धरान चैत्र १६ । धरानमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना सख्त घाइते भएका छन् । धरान २३ स्कुल डाडामा विजुलीको पोल मर्मत गर्ने क्रममा पोल लडेर करेन्ट लागी नेपाल विद्युत प्राधिकरण शाखा धरानमा कार्यरत कर्मचारी ४४ बर्षीय विविन्द्र राईको मृत्यु भएको छ भने प्राधिकरणकै ज्यालादारी कर्मचारी बर्ष ४० का विमल भुजेल र इमानुयल नेटवर्क प्रालि पाचकन्यामा कायर्रत कर्मचारी २२ बर्षीय प्रवीन तामाङ सख्त घाइते भएका छन् ।

आज अपरान्ह ४ बजे करेन्ट लागेका घाइतेहरुलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याइएको थियो ।

राईको प्रतिष्ठानमै उपचारका क्रममा मृत्यु भएको छ भने अन्य दुई जना घाइतेको अवस्था चिन्ताजनक अवस्थामा प्रतिष्ठानकै आकष्मिक कक्षमा उपचार भइरहेको छ । नेपाल विद्युत प्राधिकरण धरानको लापारबाहीका कारण करेन्ट लागेको स्थानीय सर्वसाधारणले बताएका छन् ।

स्थानीय अगुवा रामबहादुर बस्नेतका अनुसार एक बर्ष अगाडि पनि स्कुल डाडा निवासी राधा घिमिरेको समेत सोही स्थानमा करेन्टलागेर मृत्यु भएको थियो ।

त्यस बेला समेत प्राधिकरणको लापारबाहीको कारण घिमिरेको मृत्यु भएको भन्दै स्थानीयले प्राधिकरणको धरान शाखामा घेराउ समेत गरका थिए । उचित क्षतिपूर्ति र विग्रिएको स्थानमा ममत गर्ने सहमतिभएको भएपनि हालसम्म त्यस स्थानमा प्राधिकरणले मर्मतमा ध्यान नपु¥यएको स्थानीयको आरोप छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ