नेपाल पत्रकार महासंघले आज स्थापना दिवस मनाउदै

नेपाल पत्रकार महासंघले आज स्थापना दिवस मनाउदै

  • मङ्लबार, चैत्र १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ १६ चैत्र । 

पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले आज आफ्नो ६१ औं स्थापना दिवस मनाउदै छ । दिवसका अवसरमा मुलुकभर विविध कार्यक्रमको आयोजना गरिएको छ ।

महासंघ केन्द्रिय कार्यसमितिले दिवसका अवसरमा आज बिहान राजधानीमा प्रभातफेरि निकालिएको छ । राजधानीको भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरि शान्तिवाटिकामा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई पूर्वसभापति हरिहर बिरही, महासंघ अध्यक्ष महेन्द्र बिष्टा लगायतले सम्बेधन गर्नु भएको थियो ।

सभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष बिष्टाले श्रमजीवी पत्रकारहरुको हक हित, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि सशक्त रुपमा लाग्ने प्रतिवद्धता जनाउनु भयो ।

दिवसकै अवसरमा भोली सन्चारकर्मी र राजनीतिकर्मीबीच मैत्रीपूर्ण फूटबल हुने महासंघले जनाएको छ । खेल दिउँसो ३ बजेपछि राजधानीको दशरथ रंगाशालामा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ