हावाहुरीका कारण अन्तर्राष्ट्रिय विमानस्थल बन्द

हावाहुरीका कारण अन्तर्राष्ट्रिय विमानस्थल बन्द

  • सोमवार, चैत्र १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौँ, १५ चैत ।

अपराह्न एक्कासी चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण बन्द गरिएको छ ।

उडान सुरक्षाका लागि विमानस्थलको सबै सेवा केही समयका लागि बन्द गरिएको विमानस्थलका माहाप्रबन्धक देवानन्द उपाध्यायले जानकारी दिनुभयो ।

हावाहुरीसँगै बाक्लो धुलो फैलिएकाले ‘भिजिबिलिटी’ कम हुँदा उडानमा असर परेको हो । मौसममा सुधार आएपछि विमानस्थलको सेवा पुनः सुरु गरिने विमानस्थलले जनाएको छ ।

हावाहुरीले उड्डयन मात्र नभई उपत्यकाको जनजीवन समेत केही प्रभावित भएको छ । धुलोसहितको आँधीले सर्वसाधरणलाई आवत–जावत र सवारी साधनलाई समेत कठिनाई भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ