अर्थमन्त्री पौडेल र एडिबी उपाध्यक्ष झाङबीच भेट

अर्थमन्त्री पौडेल र एडिबी उपाध्यक्ष झाङबीच भेट

  • सोमवार, चैत्र १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौँ, १५ चैत ।

अर्थमन्त्री विष्णु पौडेल र एसियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष विन्काई झाङबीच भेटवार्ता भएके छ ।

अर्थ मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच द्विपक्षीय सहयोगका विषयमा कुराकानी भएको थियो । एडिबीले ठूला ऊर्जा आयोजना र रणनीतिक सहयोग परियोजना सञ्चालनमा चासो देखाएको अर्थमन्त्रीका प्रेस सल्लाहकार मोहन चापागाईंले जानकारी दिनुभयो ।

उपाध्यक्ष झाङले भूकम्पपछिको पुनःनिर्माणका विषयमा अर्थमन्त्रीसँग छलफल गरेको थियो ।

एडिबीले हाल गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माणका साथै लुम्बिनी विकास कोषलाई पूर्वाधार निर्माणमा सहयोग गरिरहेको छ । मन्त्री पौडेलले एडिबीले नेपाललाई प्रदान गर्दैआएको सहयोगप्रति धन्यवाद पनि व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ