देशका अधिकाशं स्थानमा हावाहुरी चल्यो , चितवनमा २७ टहरा उडायो

देशका अधिकाशं स्थानमा हावाहुरी चल्यो , चितवनमा २७ टहरा उडायो

  • सोमवार, चैत्र १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 17.6K
    SHARES

काठमाण्डौ ,१५ चैत ।

काठमाडौं उपत्यकामा एक्कासी चलेको ठूलो हावाहुरीले जनजीबन प्रभावित भएको छ ।

आज अपरान्न्ह करिब ४ ः१५ बजेतिर चलेको हावा हुरीले उपत्यकाका सडकमा सवारी आवागमनमा केही अवरोध आएको छ । सडकमा भुमरी परेर धुलो उडेपछि सडकमा हिड्ने यात्रु तथा सवारी साधनलाई समस्या भएको थियो ।

यद्धपी अहिलेसम्म कुनै भौतिक क्षति भए नभएकोे जानकारी प्राप्त भएको छैन । यसैविच हावाहुरी पश्च्यात काठमाण्डौको बसुन्धरामा केही बेर बर्षा भएको थियो । यसअघि ,पर्यटकीय नगरी पोखरामा पनि दिउँसै अँध्यारो भएको थियो ।

बाक्लो वर्षातसँगै भिजिबिलिटी कम हुँदा सवारीसाधनले दिउँसै बत्ती बालेर सवारी गुडाउनु परेको थियो । वर्षातसँगै अँध्यारो भएपछि जनजीवन प्रभावित भएको छ ।

त्यस्तै भीषण हावाहुरीले चितवनमा भूकम्प पीडितको २७ टहरा उडाएको छ ।

हावाहुरीका कारण चितवनको दारेचोकका भूकम्पपीडितको टहरा उडाएको हो । साथै चितवन दारेचोक आसपासको जनजीवन समेत प्रभावित भएको छ । उता कैलाली कञ्चनपुर लगायत देशका अधिकांस क्षेत्रमा हावाहुरीले प्रभाव पारेको थियो ।

यसअघि ,पर्यटकीय नगरी पोखरामा पनि दिउँसै अँध्यारो भएको थियो ।

बाक्लो वर्षातसँगै भिजिबिलिटी कम हुँदा सवारीसाधनले दिउँसै बत्ती बालेर सवारी गुडाउनु परेको थियो ।

वर्षातसँगै अँध्यारो भएपछि जनजीवन प्रभावित भएको छ । पानी परेकाले तुवाँलो तथा वायु प्रदुषणबाट भइरहेको श्वासप्रश्वासको समस्या भने कम भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी