सप्तरीमा एक बालकको मृत्यु

सप्तरीमा एक बालकको मृत्यु

  • सोमवार, चैत्र १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

सप्तरी ,१५ चैत ।
सप्तरीको छिन्नमस्ता गाविस–२ मा मारुती भ्यानको ठक्करबाट छ वर्षीय बालक विजयकुमार यादवको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भारतको दुधेला ग्राम पञ्चायत–२ निवासी हरेराम यादवको अन्दाजी छ वर्षीय छोरा विजयकुमारको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

विजयको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

आफ्नै १२ वर्षीय दिदी रीता यादवसँग साइकलमा चढेर राजविराजतर्फ आउने क्रममा सोही दिशातर्फ आइरहेको बा१३प २०४७ नंको मारुती भ्यानले छिन्नमस्ता गाविस–२ मा आइतबार साँझ पछाडिबाट ठक्कर दिएको थियो ।
।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ