आर्थिक सम्बृद्धिका लागि सहयोग गर्न दातृ निकायलाई प्रमको आग्रह

आर्थिक सम्बृद्धिका लागि सहयोग गर्न दातृ निकायलाई प्रमको आग्रह

  • सोमवार, चैत्र १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, १५ चैत्र ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक रुपमा नेपाल स्थायित्वको बाटोमा लागेको भन्दै अब आर्थिक सम्बृद्धिका लागि सहयोग गर्न दातृ निकायलाई आग्रह गर्नु भएको छ ।

राष्ट्रिय योजना आयोग र एसियाली विकास बैंकको संयुक्त आयोजनामा राजधानीमा सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुदै उहाँले नेपालको आर्थिक सम्बृद्धिको आधार कृषि, पर्यटन र उर्जा भएको बताउनु भयो ।

अब राष्ट्रको एजेण्डा भनेको आर्थिक सम्बृद्धि सहितको समानतामूलक समाज भएको प्रधानमन्त्रीको भनाई थियो ।
दुई वर्षभित्र मुलुकलाई लोडसेडिङबाट मुक्त गरी विकासको दु्रत मार्गमा प्रवेश गराउने आफूहरुको चाहना भएकाले यसका लागि सबैको सहयोग आवश्यक रहेको उहाँले बताउनु भयो ।

कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले कृषि, उद्योग र सेवाको क्षेत्र विस्तार गरी मुलुकलाई आत्मनिर्भर बनाउन अब धेरै समय नलाग्ने बताउनु भयो । पौडेलले सन् २०३० सम्ममा गरिबीलाई दोहोरे अंकबाट एक अंकमा झारिने दावी समेत गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ