काठमाडौ १५ चैत्र ।
बाराको अमलेखगञ्जमा आज बिहान भएको सवारी दुर्घनामा परी पद्यमकन्या क्यामपसकी स्ववियु सभापति लालकुमारी पोखरेल स्वस्तिका सहित दुई जनाको मृत्यु भएको छ ।
पथलैयाबाट हेटौंडाका लागि छुटेको ना ३ च ८०९७ नम्बरको निजी कार र विपरित दिशामा रहेको ना ४ ख ५६९६ नम्बरको यात्रुबस त्रिभुवन राजपथ अन्तर्गत पथलैया–हेटौंडा सडकखण्डमा पर्ने बाराको अमलेखगञ्ज जंगलमा आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
आज बिहान करिब पौने पाँच बजे भएको दुर्घटनामा स्ववियु सभापति स्वस्तिका सहित कार चालक काठमाडौ नयाँबानेश्वरका ध्रुव बहादुर कार्कीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
नेपाल विद्यार्थी संघबाट पद्यमकन्या क्याम्पसको स्ववियु सभापति निर्वाचित हुनु भएका ३७ वर्षीय स्वस्तिका उदयपूर निवासी हुनुहुन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline