राष्ट्रिय ज्योतिष सम्मेलन हुदै

राष्ट्रिय ज्योतिष सम्मेलन हुदै

  • सोमवार, चैत्र १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

इटहरी, १५ चैत । नेपाल ज्योतिष परिषद्को चौधाँै राष्ट्रिय सम्मेलन सुनसरी जिल्लाको इटहरीमा आजदेखि सुरु हुने भएको छ । सम्मेलन विश्व ज्योतिष परिषद् महासङ्घका लागि ऐतिहासिक हुने विश्वास गरिएको छ ।

सम्मेलनका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दक्षिण एसियाली ज्योतिष महासङ्घका अध्यक्ष डा लोकराज पोख्रेलले पूर्वी नेपालका केन्द्रबिन्दुका रुपमा रहेको इटहरीमा हुन लागेको ज्योतिष परिषद्को सम्मेलनले विश्व ज्योतिष परिषद्का केन्द्रीय कार्यालय नेपालमा राख्ने विषयको समेत निचोड निकाल्ने भएकाले यो सम्मेलन ज्यादै उपलब्धिमूलक र ऐतिहासिक हुने दाबी गर्नु भयो ।

नेपालका उच्च हिमशृङ्खला ऋषिमुनिको तपोभूमि रहनुका साथै विभिन्न देवदेवीको समेत बसोबास भूमि रहेकाले पनि बराहक्षेत्र पिण्डेश्वर शिवालय विष्णुपादुका विजयपुरगढी आदिका कारणले पनि इटहरीमा हुन लागेको ज्योषितको सम्मेलन ज्यादै महत्वपूर्ण हुने डा पोख्रलेको भनाइ रहेको छ ।

भारतबाट समेत प्रतिनिधि र पर्यवेक्षक गरी ५०० बढी ज्योतिषको उपस्थिति रहने सम्मेलनले विश्व ज्योतिष महासङ्घ स्थापनालाई मूर्तरुप दिइने छ ।

ज्योतिष विज्ञानले जातजाति धर्म र लिङ्गका विषयमा कुनै विभेद गर्दैन भन्नुहुँदै नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष माधवराज पाण्डेले सम्मेलनले ज्योतिष विज्ञानका विषयमा नयाँ खोज अनुसन्धानका विषयमा पनि ऐतिहासिक निर्णय गर्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ