म ८० वर्षको उमेरमा पनि क्यामेरामा देखिन चाहन्छु , करीनाले भनिन् । भारतीय स्टार नायिका करीना कपुर रुप रंग जिउ डाल एक्टीङ सबै हिशाबले फिट एण्ड फाईन् छिन् ।
पछिल्लो समय शैफ अलि खानसग‘ विबाह गरे पछि केही समय फिल्म क्षेत्रमा कम देखिएकी करीना फेरी पर्दामा आएकी छन् ।
फिल्म की एण्ड का को प्रमोसनमा करीना अहिले नायक अर्जुन कपुरको साथमा काम गरीरहेका बेला उनको यो भनाई आएको छ । आईटममा समेत रमाउने करीनाले महिलाको सय रुप हुने भन्दै उनले आफूलाई पति शैफ अलि खानले सहयोग गरेकै कारण फेरी फिल्ममा काम गर्न सफल भएको बताईन् ।
यसै सन्दर्भमा करीनाले प्रमोसनको काममा निकै कुद्न परे पछि भनेकी छन् कि कलाकार त अब जोकर जस्ता बन्न थालेका छन् ।
पहिला पहिला पनि फिल्म बन्ने गरेको तर अहिले प्रमोसनका लागि नाच्ने, डुल्ने, शहरहरु धाउने चलन बढे पनि फिल्म भने नचलेको उनले बताईन् । पहिला पहिला हिरो हिरोईनलाई हेर्न समर्थकहरु खुब मरिहत्ते गर्थे तर अहिले कतिपय कलाकारहरु बाथरुमको फोटो समेत सामाजिक सञ्जालमा हाल्ने गरेको भन्दै करीनाले गुनासो गरिन् ।

