चीन भ्रमण सफल र उपलब्धीमुलक रह्यो : प्रधानमन्त्री

चीन भ्रमण सफल र उपलब्धीमुलक रह्यो : प्रधानमन्त्री

  • आइतवार, चैत्र १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

चैत्र १४ काठमाण्डौं ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण सफल भएको बताउनु भएको छ । साताव्यापी चीन भ्रमण सकाएर आज स्वदेश फर्किने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले चीनमा पारवहनलगायत महत्वपूर्ण सहमति र सम्झौता भएको उल्लेख गर्नुभयो । भ्रमणमा उल्लेख्य सहयोग जुटाउन सक्षम भएको प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्रीलाई सभामुख ओनसरी घर्ति, उपप्रधानमन्त्री विजयकुमार गच्छदार लगायत उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसद, एमालेका नेताहरु तथा उच्च सरकारी अधिकारीले स्वागत गरेका थिए ।

गत चैत्र ७ गते चीन जानु भएका प्रधानमन्त्रीले आफ्नो भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति सि जिन पिङ, समकक्षी लि खछ्याङ लगायतका उच्च अधिकारीहरुसँग भेटवार्त गर्नुभएको थियो ।

सो क्रममा नेपाल र चीनबीच पारबहन तथा व्यापार, पेट्रोलियम पदार्थको उत्खननका लागि सहयोग लगायत विभिन्न १० बुदे समझदारी पत्रमा हस्ताक्षर समेत भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ