बजार खोजी तथा निकासी प्रक्रिया कार्यविधी सम्बन्धी तीन दिने तालिम सुरु

बजार खोजी तथा निकासी प्रक्रिया कार्यविधी सम्बन्धी तीन दिने तालिम सुरु

  • आइतवार, चैत्र १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाण्डौ ,१४ चैत ।

व्यापार प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले आजदेखि भैरहवा सिद्धार्थनगरमा बजार खोजी तथा निकासी प्रक्रिया कार्यविधी सम्बन्धी तीन दिने तालिम सुरु भएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आयोजना तथा सिद्धार्थनगर उद्योग वाणिज्य संघको सहकार्यमा सुरु भएको तालिमको उद्घाटन केन्द्रका कार्यकारी निर्देशक ईश्वरी प्रसाद घिमिरेले गनुभएको थियो ।

तालिमको उद्घाटन गर्दै निर्देशक घिमिरेले तालिमबाट उद्योगी ,व्यावसायीहरुले आफ्नो व्यावसायलाई अन्तराष्ट्रिय वजार सम्म पहुच पुर्याउनका लागी सहयोग पुग्ने बताउनु भयो ।

उहाले व्यावसायीद्धारा उत्पादित बस्तुको निकासी गर्दा अपनाउनुपर्ने कार्यबिधिको जानकारी समेत तालिमबाट प्राप्त गर्ने भएकाले सहभागी व्यावसायीहरुलाई निक्के फलदायी हुनेमा विश्वास समेत गर्नुभयो ।

अन्तराष्ट्रियस्तरमा व्यापार प्रवद्धन गर्न अनलाईन प्रबिधी नै अहिलेको बिकल्प रहेकाले यसको महत्व र प्रयोगको तरिकाबारे सबै उद्योगी व्यावसायीलाई जानकारी गराउनुपर्नेमा निर्देशक घिमिरेको जोड थियो ।

यस्तै कार्यक्रममा सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले यस्तो तालिमबाट आफ्नो व्यावसाय बिस्तार तथा प्रवद्र्धनमा व्यावसायीलाई मदत पुग्ने धारणा राख्नुभयो ।

उहाले सरकारले यस्ता कार्यक्रमलाई निरन्तरता दिए व्यावसायीहरु पनि उत्साहित हुने भन्दै तालिमका लागी व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रप्रति आभार प्रकट गर्नुभयो ।

उद्योग वाणिज्य संघको सभाहलमा जारी तालिममा भैरहवाका २० जना व्यावसायी सहभागी छन् । केन्द्रका निर्देशक सुयेस खनाल र वरिष्ठ अधिकृत राजेन्द्र सिंहले सहभागीहरुलाई अन्तराष्ट्रिय वजार विस्तारका लागी अनलाईको प्रयोग गर्ने तरिका तथा उपयोगीताका बिषयमा प्रशिक्षण दिनुहुनेछ ।

तालिमको व्यावस्थापन केन्द्रका वरिष्ठ अधिकृत सिद्धिचरण दाहालले गर्नुभएको छ । प्रवर्धन केन्द्रले व्यावसायीहरुका लागी यस्ता तालिम ,कार्यक्रम तथा मेला आयोजनामा सहयोग गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी