पेस्तोलसहित दुई युवक पक्राउ

पेस्तोलसहित दुई युवक पक्राउ

  • आइतवार, चैत्र १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

गोलबजार (सिरहा), १४ चैत ।

सिरहा नगरपालिकाबाट प्रहरीले विशेष सुराकीका आधारमा मेड इन युएसए पेस्तोलसहित दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा मिर्चैया नपा–९ का २१ वर्षीय मैनोदिन अन्सारी र सोही ठाउँका २२ वर्षीय आकाश यादव रहेका छन् ।

गएराति भारतबाट पेस्तोल नेपाल ल्याउँदै गरेको अवस्थामा सिरहा नगरपालिका–१७ स्थित कमला नदीको बाँधबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका अन्सारी र यादव सवार मोटरसाइकललाई चेकजाँच गर्दा सिटको तल लुकाएर राखेको अवस्थामा मेड इन युएसए लेखिएको एक थान पेस्तोल, म्याग्जिन दुई थान र गोली नौ राउन्ड बरामद भएको हो । उनीहरु स३प ७७९ नंको मोटरसाइकलमा सवार थिए ।

पक्राउ परेका अन्सारी र यादवमाथि विशेष अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी दिनुभयो । उहाँले उनीहरुमाथि हातहतियार खरखजानासम्बन्धी मुद्दा चलाउने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ