प्रधानमन्त्री ओलीद्धारा भूकम्प स्मारक र संग्राहालयको अवलोकन

प्रधानमन्त्री ओलीद्धारा भूकम्प स्मारक र संग्राहालयको अवलोकन

  • शनिबार, चैत्र १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ १३ चैत्र ।
चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिचुवान प्रान्तस्थित छेन्दु सहरमा रहेको भूकम्प स्मारक र संग्राहालयको अवलोकन गर्नुभएको छ ।

सन् २००८ मा गएको ७ दशमलव ९ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु रहेको स्थानमा पुगी उहाँले भूकम्पबाट मृत्यु भएका नागरिक तथा जनसेवाका जवानप्रति श्रद्धान्जलि स्वरुप पुष्पार्पण गर्नु भएको थियो ।

सो क्षेत्रमा भूकम्पबाट भग्नावशेष बनेको एक पाँचतले विद्यालयको पनि प्रधानमन्त्रीले अवलोकन गर्नु भएको छ । सो विद्यालय आठ वर्षपछि पनि उस्तै अवस्थामा पाइएको थियो ।

प्रधानमन्त्री ओलीसहितको भ्रमण दलले भूकम्पको केन्द्रबिन्दुस्थित संग्राहालयमा रहेका भूकम्पको विनासम्बन्धी विवरण, उद्धार र पुनःनिर्माणसम्बन्धी जानकारी लिएका थिए । चीन सरकारको तदारुकताका कारण सो क्षेत्रमा तीन वर्षभित्रै पुनःनिर्माण सम्पन्न भएको स्थानीय अधिकारीले जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले आजै जिपिङपुस्थित ७ सय ७० मेगावट क्षमताको जलविद्युत् आयोजना स्थल पुग्नु भइ त्यहाँको आयोजनाको विकासबारे जानकारी लिनु भएको छ । सो आयोजनाले दश लाख हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउँछ भने दुई करोड ६० लाख नगारिकलाई प्रत्यक्ष लाभ दिइरहेको छ ।

प्रधानमन्त्री ओलीले आजै डुजिगाङस्थित दुर्लभ पान्डा संरक्षण केन्द्रको पनि अवलोकन गर्नुभएको छ । पान्डाको आहारा बाँसका लागि त्यहाँ संरक्षित घना बाँसघारीको पनि टोलीले अवलोकन गरेको छ । प्रधानमन्त्री ओली सहितको नेपाली प्रतिनिधिमण्डल भोली स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ