महिन्द्राको केयुभी–१०० कार अाउँदै

 महिन्द्राको केयुभी–१०० कार अाउँदै

  • शनिबार, चैत्र १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाण्डौं चैत्र १३ । काठमाडौं– महिन्द्रा कम्पनीको अधिकृत विक्रेता अग्नी इन्कर्पोरेटेड प्रालीले नेपाली बजारमा विल्कुलै नौलो केयुभी–१०० कार ल्याउने अन्तिम तयारी गरिरहेको जनाएको छ।

 उक्त सवारीले ग्राहक तथा उपभोक्तालाई उच्च स्तरको आरामदायी सुविधा, डिजाइन र शैलीको एकमुष्ट प्रत्याभूति दिने कम्पनीले जनाएको छ। कार चलाउन सजिलो र पूर्ण आरामदायी रहेको कम्नपीले जनाएको छ।

बिक्रेता कम्पनीका अनुसार उक्त कार सेतो, सिल्भर, रातो, सुन्तले तथा ग्रे रंगमा उपलब्ध हुने छ। केयुभी–१०० बजारमा उपलब्ध अन्य कम्पनीका हुण्डाइ आई–१०, मारुती सुजुकी स्वीफ्टलगायतसँग प्रतिस्पर्धी रहनेछन्। तर, उक्त कारको फ्रन्ट फेस यी कारहरुभन्दा भिन्न रहेको र यसको अन्यभन्दा भिन्न रहेको छ। कम्पनीले जारी गरेको प्रेसविज्ञप्ती अनुसार उक्त कार आकर्षक रहेकोले यसले उपभोक्तालाई लोभ्याउने छ।

बिक्रेता कम्पनीका अनुसार उक्त केयुभी कारको अघिल्लो मोहडा हेर्दा झण्डै एक्सयुभी–५०० को कम्प्याक्ट भर्सन जस्तो देखिने छ। भारतमा १६ जनवरी २०१६ मा सार्वजनिक गरिएदेखि हालसम्म यो २५ हजार कार बिक्री भइसकेको र यसको बुकिङ निरन्तर चलिरहेको छ।

नेपालमा पनि केयुभी–१०० ले महिन्द्राका अन्य सवारीहरुले जस्तै नेपाली उपभोक्ताको मन जित्ने दाबी गरिएको छ। उक्त कारले नेपाली बजारमा अन्य कारहरुभन्दा छुट्टै पहिचान बनाउन सफल हुने र यसको मूल्य पनि सवारी खरिदकर्ताका लागि आकर्षणको अर्को कारण हुने कम्पनीको दाबी छ।

अग्नी इन्कर्पोरेटेडले सन् १९९१ देखि नै नेपाली ग्राहक तथा उपभोक्ताका लागि महिन्द्रा कम्पनीका सेवा तथा सवारीहरु उपलब्ध गराउँदै आएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी