काठमाडौँ, १३ चैत ।
नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वार्षिकीका अवसरमा प्रसिद्ध जापानी पर्वतारोही योचिरो मिउरालाई मैत्री राजदूत नियुक्त गरिएको छ ।
जापानको वैदेशिक मामिला मन्त्रालयले दुई मुुलुकबीचको भ्रमण आदानप्रदान र मित्रतालाई प्रवद्र्धन गर्ने उद्देश्यले मिउरोलाई मैत्री राजदूत नियुक्त गरेको यहाँस्थित जापानी दूतावासद्वारा विज्ञप्तिमा जनाइएको छ ।
नेपालसँग घनिष्ट सम्बन्ध रहेकी मिउराले तीन पटकसम्म सगरमाथाको सफल आरोहण गर्नुभएको छ । तेस्रो पटक सगरमाथा आरोहण गर्दा उहाँ ८० वर्षको हुनुहुन्थ्यो ।
साठीऔँ वार्षिकीका अवसरमा लोगो पनि छनोट गरिएको छ । लोगोमा जापानको राष्ट्रिय फूल साकुरा, नेपालको राष्ट्रिय फूल लालीगुराँस र दुवै देशको मित्रताको प्रतीक हिमालयलाई राखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline