प्रधानमन्त्री फर्केकै दिन प्रधानसेनापति क्षेत्री चीन भ्रमणमा जाँदै

प्रधानमन्त्री फर्केकै दिन प्रधानसेनापति क्षेत्री चीन भ्रमणमा जाँदै

  • शनिबार, चैत्र १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, चैत्र १३
प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट फर्केकै दिन प्रधानसेनापति राजेन्द्र क्षत्री चीन भ्रमणमा जाँने भएका छन् । प्रधानमन्त्री ओली आठ दिने चीन भ्रमण सकेर १४ गते नेपाल फर्किंदै छन् । सोही दिन प्रधानसेनापति क्षत्री चीन भ्रमणमा जान लागेका हुन् ।

मधेश–थरूहटमा आन्दोलनको तयारी भइरहँदा सेना परिचालन हुन सक्ने अभिव्यक्ति दिएका प्रधानसेनापतिको चीन भ्रमणलाई महत्वका साथ हेरिएको छ । अर्कोतर्फ प्रधानमन्त्रीको भ्रमणलगतै प्रधानसेनापतिको भ्रमणलाई राजनीतिक घटना क्रमसँग पनि जोडिँदैछ ।

यता शुक्रबार सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा ‘नेपाल सरकारको निर्णय बमोजिम प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका जनमुक्ति सेनाका Chief of General Staff General Fang Fenghui को औपचारिक निमन्त्रणामा यही चैत्र १४ गते औपचारिक भ्रमणको लागि मित्रराष्ट्र चीन प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ ।’ उल्लेख गरिएको छ ।

प्रधानसेनापतिको नियुक्ति पश्चात मित्रराष्ट्रहरूको भ्रमणको सिलसिलामा पहिलो पटक हुन लागेको चीन भ्रमणको भ्रमण दलमा श्रीमती रीता क्षत्री, व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी श्री हिमालय थापालगायत आठ जना रहने विज्ञप्तिमा जनाइएको छ ।

एअर चाईनाको फ्लाईटमार्फत काठमाडौंबाट चीनको छेन्दु हुँदै बेईजिङ्गतर्फ प्रस्थान गर्ने र भ्रमणको दौरान प्रधानसेनापति क्षत्रीले चीनका विभिन्न सैनिक संरचनाको भ्रमणलगायत उच्चस्तरीय पदाधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ ।

क्षत्रीसहितको उच्चस्तरीय भ्रमण दल चैत्र २० गते स्वदेश फिर्ता हुने कार्यत्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ