अध्यक्ष वैद्यको प्रतिवेदनमा महासचिव थापाको फरक मत

अध्यक्ष वैद्यको प्रतिवेदनमा महासचिव थापाको फरक मत

  • शुक्रबार, चैत्र १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, १२ चैत ।

नेकपा(क्रान्तकारी माओवादी)को आजबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष मोहन वैद्यले राख्नुभएको प्रतिवेदनमाथि फरक मत राख्दै महासचिव रामबहादुर थापाले अर्को प्रतिवेदन पेस गर्नुभएको छ ।

बैठकमा अध्यक्ष वैद्यले एकीकृत नेकपा(माओवादी)सँग विचार र सिद्धान्तमा सहमति भएमात्रै एकता सम्भव भएको निष्कर्षसहितको प्रतिवेदन पेस गर्नुभएको छ ।

प्रतिवेदनमा वैद्यले जनवादी क्रान्तिको कार्यदिशालाई जोड दिनुभएको छ भने थापाले राष्ट्रिय जनवादको नयाँ कार्यक्रम प्रतिवेदनमा ल्याउनुभएको छ ।

महासचिव थापाले क्रान्तिकारी माओवादीबीचको एकता नै अहिलको आवश्यकता रहेको ठहर गर्दै नमिलेका विषयमा थप छलफल गर्दै अहिले एकतालाई जोड दिनुपर्ने प्रतिवेदनमा उल्लेख गर्नु भएको छ ।

माओवादीका नेता देव गुरुङले आजको बैठकमा अध्यक्ष वैद्य र महासचिव थापाले वर्तमान परिस्थिति र एमाओवादी पार्टीसँगको एकताको विषयमा प्रस्तुत गर्नुभएको प्रस्तावबारे दुवै नेताले व्याख्या गर्नुभएकोे जानकारी दिनुभयो ।

उहाँले बैठकमा दुई वटा प्रतिवेदन नभई दुई वटा रिपोर्टमात्रै आएको जिकिर गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ