सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने पक्राउ

सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने पक्राउ

  • शुक्रबार, चैत्र १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, १२ चैत ।

सामाजिक सञ्जाल फेसबुक मार्फत चरित्र हत्या गरेको अभियोगमा हेटौँडा उपमहानगरपालिका बस्ने निरजबाबा उपनामले चिनिने निरजकुमार चौधरीलाई केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरीले आज पक्राउ गरेको छ ।

वैदेशिक रोजगारका सिलसिलामा साउदी अरबमा रहेका चौधरी फेसबुक मार्फत एक युवतीलाई साथी बनाएपछि जागिर छाडी काठमाडौँ आएका थिए । काठमाडौँ आएपछि ती युवतीलाई एक होटलमा लगी नसालु पदार्थ खुवाई अश्लील तस्बिर खिंचेर सोही तस्बिर फेसबुक मार्फत पीडितलगायत फेसबुकका साथीलाई पठाई मानसिक पीडा दिने कार्यमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

उनले पीडितलाई कहीँकतै उजुरी गरे भौतिक कारबाही गर्ने जनाउँदै पटक पटक फोनमार्फत धम्क्याउँदै आएका थिए । उनले पीडितलाई विभिन्न ठाउँमा बोलाई आफूसँग यौनसम्पर्क राख्न पनि दबाब दिँदै आएको अनुसन्धानबाट खुल्न आएको छ । अभियुक्त चौधरीलाई मकवानपुर, हेटौँडास्थित बुद्धचोकबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरेर थप अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ