प्रधानमन्त्री ओली र चिनियाँ उच्च अधिकारीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ उच्च अधिकारीबीच भेटवार्ता

  • शुक्रबार, चैत्र १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ, १२ चैत ।  

चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज सियानका उपगभर्नर यु यिन लिङ र चाइना पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका नेताहरुसँग भेटवार्ता गर्नुभएको छ ।

सान्सी प्रान्तको सियानस्थित होटल साङ्ग्रिलामा आज भएको भेटवार्तामा उहाँहरुबीच दुई देशको आपसी सम्बन्ध र हितका साथै नेपालमा भूकम्पपछिको पुनःनिर्माण लगायतका विषयमा छलफल भएको बताइएको छ ।

भेटमा चाइना पिपुल्स पोलिटिकल कन्सल्टेटिभका तर्फबाट उपाध्यक्ष झेङ सि आओपिन र महासचिव झाओ जेनयोङ सहभागी हुनुहुन्थ्यो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन सियानका नेताहरुलाई निमन्त्रणा गर्नुभएको थियो । यस्तै चिनियाँ नेताले भूकम्पपछि नेपाललाई सान्सी प्रान्तले गरेको सहयोगका बारेमा जानकारी गराउनुभयो ।

प्रधानमन्त्री ओलीले आजै सियानको ऐतिहासिक तेरा कोट्टा सैनिक सङ्ग्रहालयको अवलोकन गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।

यस्तै उहाँले आज सियानमा उद्योगी व्यवसायीको फोरमलाई सम्बोधन गर्नुहुने र सियान मेडिकल युनिभर्सिटीको भ्रमण गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री ओली आज साँझ सियानबाट छेङ्दु जानु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ