काठमाडौं, चैत्र १२
गत सोमबारदेखि ओरालो लागेको सुनको मूल्य घट्ने क्रम आज पनि जारी रहेको छ । साताको अन्तिम दिन आज पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
बिहीबार प्रतितोला ५४ हजार पाँच सयमा कारोबार भएको छापावाल सुन आज तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ५४ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुन प्रतितोला ५४ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला सात सय २० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यावसायी संघले आजको कारोबारमा प्रति १० ग्राम सुनको मूल्य ४६ हजार छ सय ४० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४६ हजार चार सय २५ रुपैयाँ कायम गरेको छ । त्यस्तै चाँदी प्रति १० ग्रामको छ सय १७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline