काठमाण्डौ ,१२ चैत ।
एकिकृत माओवादीसँगको पार्टी एकताबारे छलफल गर्न आज नेकपा क्रान्तिकारी माओवादीको कन्द्रीय समितिको बैठक बस्दै छ ।
राज्यसमितिको कार्यालय कुपण्डोलमा बिहान ११ बजे बस्ने बैठकमा पार्टी एकताको बारेमा छलफल गरी आज टुंगो लगाउने पार्टी प्रवक्ता पम्फा भुसालले बताउनु भयो ।
बैठकको सुरुमा पार्टी अध्यक्ष मोहन वैद्यले पार्टी एकताका लागि भएका प्रगतिबारे जानकारी गराउउने कार्यसुची छ । त्यसपछि केन्द्रीय सदस्यहरुबीच छलफल चलाउने र एकताको विषय टुंगो लगाउने प्रवक्ता भुसालले बताउनु भयो ।
पार्टी एकताको विषयमा एमाओवादी अध्यक्ष पुस्पकमल दाहाल र नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यबीच पटक पटक छलफल हुदै आएको छ ।
बैठकमा पूर्वमहासचिव रामबहादुर थापा बादलले बेग्लै प्रस्ताव पेश गर्ने सम्भावना रहेको बताईएको छ । यद्धपी यसअघि एमाओवादीसँग एकताको विषयमा वैद्य र बादलबीच विवाद रहेको सार्वजनिक भएपछि बादलले पत्रकार सम्मेलन गरी त्यसको खण्डन गर्नुभएको थियो ।