काठमाण्डौ १२ चैत ।
स्तरोन्तीको काम भईरहेकाले मकवानपुरको फाखेल हुँदै फर्पिङ नाकाबाट काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सडक आज देखि बन्द भएको छ ।
सडक मर्मत गर्नुपर्ने भएकाले एक महिनाका लागि यातायातका साधनहरुको आवत जावत बन्द गरिएको हो ।
सडक मर्मतका कारण फर्पिङ नाकाबाट दक्षिणकाली, सिस्नेरी हुँदै मकवानपुर तर्फ जाने र काठमाडौं भित्रिने सवारी साधनको आवागमन बन्द गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
काठमाडौं उपत्यकाबाट हेटौंडातर्फ जानेहरुलाई पालुङ हुदै या मुग्लीन ÷नारायणगढ हुदै जान ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline