काठमाडौ, १२ चैत्र ।
चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपि शर्मा ओलीले आज चीनको पुरानो राजधानी सियानका बिभिन्न स्थानहरुको अबलोकन गर्दै हुनुहुन्छ ।
बोआओ सम्मेलनलाई सम्बोधन गरेलगत्तै सियान जानुभएका प्रधानमन्त्री ओलीले त्यहाको प्रशिद्ध बौद्ध गुम्बाहरुको अबलोकन गर्ने कार्यक्रम रहेको छ ।
बौद्धमार्गीको बाहुल्यता रहेको सियानमा प्रसिद्ध बौद्ध गुम्बाहरु समेत रहेकाले नेपालसँग साँस्कृतिक सम्बन्ध समेत रहिआएको छ । सियानमा थुप्रै नेपालीहरु समेत अध्यायनरत छन् ।
यस्तै , प्रधानमन्त्री ओलीले त्यहाँ रहदा सान्ची प्रान्तका गभर्नर तथा स्थानीय नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ ।
यस्तै उहाले सियान मेडिकल युनिभर्सिटीमा रहेको नेपाल चीन फ्रेनसिप रिसर्च सेन्टर अवलोकन गर्ने तथा नेपाली विद्यार्थीहरुसँग भेट गर्नुहुनेछ ।
सियानबाट प्रधानमन्त्री ओल आजै छेङ्दु जानुहुनेछ । छेङ्दुमा उहाँले भूकम्पपछि पुनरनिर्माण गरिएको क्षेत्र र जलविद्युत केन्द्रको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी आइतबार छेङ्दुबाट स्वदेश फर्किने कार्यक्रम रहेको छ ।