फोनिजको राष्ट्रिय भेला जेठ ४ गते काठमाडौंमा

फोनिजको राष्ट्रिय भेला जेठ ४ गते काठमाडौंमा

  • बिहिबार, चैत्र ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

 काठमाडौं, ११ चैत ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को साधारणसभा तथा राष्ट्रिय भेला २०७३ जेठ ४ गते हुने भएको छ । देशको वर्तमान परिस्थिति र मुलुक संघीय संरचनामा गएको सन्दर्भमा संगठनलाई नयाँ संरचनाअनुरुपको बनाउन राष्ट्रिय भेलाको आयोजना गरिएको हो ।

भेलामा भेलामा प्रत्येक जिल्ला शाखा, विदेश शाखा र संस्थागत सदस्य संस्थाबाट प्रतिनिधित्व रहनेछ । भेलालाई व्यवस्थित गर्नका लागि फोनिज केन्द्र्रीय अध्यक्ष डण्ड गुरुङको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

भेलामा मुलुकको नयाँ संरचनाअनुरुपको फोनिजको संगठन संरचना बनाउनका लागि विधान संशोधन प्रस्तावसमेत पेश हुनेछ ।

विधान संशोधनका लागि संगठन सचिव मनोज घर्ती मगर, केन्द्रीय सदस्य श्रीकृष्ण महर्जन र दिपा आले रहेको विधान संशोधन समिति गठन गरिएको छ ।

कोषाध्यक्ष टेकराज थामीको संयोजकत्वमा आर्थिक समिति र संस्थागत सचिव राजेश चाम्लिङ्गको संयोजकत्वमा फोनिज स्मारिका प्रकाशन समिति गठन गरिएको फोनिजले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ