पृथ्वीले थेग्न सक्छ जनसंख्याको बोझ ?

पृथ्वीले थेग्न सक्छ जनसंख्याको बोझ ?

  • बिहिबार, चैत्र ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 16.5K
    SHARES

विश्वमा जनसंख्या निरन्तर वृद्धि भईरहेको छ । जनसंख्या विष्फोटको खतराको रुपमा चर्चा भईरहेको छ । तमाम देश बढ्दो जनसंख्याप्रति लगाम लगाउने कुरा गरीरहेका छन् । मानवका लागि सीमित ससाधनको हवाला दिईराखिएको छ ।

    यो निश्चित छ कि धर्तीको आकार बढ्ने वाला छैन । यहा रहेको संसाधन पनि अब बढ्ने वाला छैन जस्तो कि पानी, खेतीयोग्य जमिन आदि । जानकारहरु अक्सर चेतावनी दिने गर्दछन् कि बढ्दो जनसंख्या मानव अस्थित्वका लागि सबै भन्दा खतरा बनेको छ ।
यस्तोमा प्रश्न उठ्छ कि धरतीले कति मानिसको बोझ उठाउन सक्छ ? के बढ्दो जनसंख्याले पृथ्वीको विनाश गर्ला ? लण्डनका ईन्टरनेस्नल ईन्सटीच्युट अफ् एन्भाईरोमेन्ट एण्ड डेभलपमेन्टका सिनियर फेलो डेविड सैटर्थवेट भने यस्तो नहुने तर्क गर्दछन् । महात्मा गान्धीले धरतीको आवस्यकता सबैलाई पर्ने भन्दै सबैको लालचलाई पूरा गर्न लायक नभएको बताएका छन् ।

पहिला धरतीमा मानिसको संख्या कम थियो । वैज्ञानिकहरुका अनुसार करीब १० हजार वर्ष पहिला धरतीमा केही लाख मात्र मानिसहरु थिए । अठारौं शताव्दिको अन्त्यमा आएर पृथ्वीमा जनंख्याको आकडा सय करोड छोएको थियो । सन् १९२० मा आएर पृथ्वीमा मानिसको संख्या दुई अर्ब पुगेको थियो ।
तर अहिलेको आकंडा अनुसार सात अर्ब जति जनसंख्या पुगिसकेको छ र सन् २०५० सम्ममा यो आकडा १० अर्ब जति पुग्ने अनुमान गरिएको छ । सन् २१०० भित्र पृथ्वीको जनसंख्या ११ अर्ब पुग्ने निश्चित छ । तर यसको असर के हुने हो भन्ने जानकारी हामीमा छैन ।
डेविड भन्दछन् कि हामी यस बारेमा केही संकेत लिन सक्छौं जहा जनंख्या धेरै छ जस्तो भारत, पाकिस्तान, चीन आदि । यी देशहरुमा शहरी जनसंख्या तीव्र मात्रामा वृद्धि भईरहेको छ । तर यी देशमा जनसंख्या बढेर ससाधनमा ठूलो बोझ बनेको छैन । यसको कारण यो हो कि यी देशहरुमा जरुरी चीजहरुको खपत कम छ । यहाका जनताको जीवन शैली सस्तो छ जसले कार्बनडाई अक्साईड र दोस्रो ग्रिन हाउस ग्यास कम बन्छ । कम आमदामी हुने यस देशमा कम ससाधनको सहायतामा जीवन वित्छ मानिसहरुको ।

यदी भारत या पाकिस्तानको शहरहरुमा जनसंख्या बढ्दा पनि धरतीमा बोझ बढ्दैन या बढेन भने अमेरीका या बेलायत वा जर्मनीमा जनसंख्या बढ्ने हो भने धरतीमा ठूलो बोझ हुने छ ।
डेनर्माक जस्ता केही यस्ता देशहरु छन् जहाका मानिसको जीवन शैलीले ससाधनको कम नोक्सानी हुने छ ।
डेविडले धनी र गरीब देशमा बस्ने मानिसहरुको जीवन शैलीमा ठूलो अन्तर भएकाले धनीहरुले पृथ्वीको शसाधनको ठूलो विनाश गरीरहेका हुन्छन् भने गरीब देशमा जनसंख्या धेरै बढे पनि ससाधनको कम खपतका कारण धरतीमा बोझ कम पर्ने छ ।
तर पछिल्लो समय गरीब देशहरुमा पनि राम्रो रहन सहनको माग बढीरहेको छ । यसको सिधा अर्थ पृथ्वीमा बोझ बढाउनु नै हो ।
अष्ट्रेलियन नेसनल युनिभर्सिटी का विल स्टेफन भन्छन् कि बढ्दो जनसंख्या हैन तर ससाधनको बढ्दो प्रयोग खासमा चिन्ताको कारण हो ।

यस्तोमा अमेरीका, बेलायत, जापान, जर्मनी, जस्ता देशहरु यसमा बढी जिम्मेवार छन् । ती देशका मानिसहरुको संसाधनको प्रयोग घटाउनु पर्छ र मात्रै केही परिवर्तन हुन सक्छ । त्यसै पनि घरेलु खपत ग्रिन हाउस उत्पादनका लागि बढी जिम्मेवार छ । सन् २०१५ मा भएको गरिएको एउटा अनुसन्धान अनुसार विश्वको ६० प्रतिशत ग्रिन हाउस ग्यास, कारखानाहरुबाट हैन घरबाट निस्किने छ । धरतीको ८० प्रतिशत ससाधन जस्तै पानी, जमीन , अन्नको प्रयोग घरमा हुन्छ , उद्योगमा हैन । र यो सबै भन्दा बढी प्रयोग धनी देशका मानिसहरुले गरीरहेका छन् । यो अनुसन्धान नर्वेको युनिभर्सिटी अफ् साईन्स एण्ड टेक्नोलोजीको डायना ईवानोभाको अगुवाईमा गरिएको थियो । उनी भन्छिन् हरेक मानिस आफ्नो गल्ती स्वीकार्नुको सट्टा अरुलाई जिम्मा दिईरहेका हुन्छन् ।

धनी देशहरुले चीनको उद्योगहरुबाट ग्रिन हाउस निस्किरहेको भनेर आलोचना गरीरहेका छन् । तर डायना भन्छिन् तर चीनमा बनेको सामान त धनी देशहरुले उपोग गरीरहेका छन् । फेरी पनि विल स्टेफन भन्छन् ११ अर्ब मानिसको बोझ उठाउन धरतीको लागि मुस्किल हुने छ । त्यसैले जनसंख्या नियन्त्रण गर्ने र संसाधनको प्रयोग घटाउनेतिर सोच्नु पर्छ ।
सन् १९६० मा जनसंख्याको जुन वृद्धिको स्थिति थियो त्यो रफ्तार अहिले कम भएको छ । अहिले करीब २ देखि ३ प्रतिश मात्रै बार्षिक बृद्धि देखिन्छ । यो हिशाबले हेर्दा जनसंख्या नियन्त्रण गर्न सदियौं लाग्ने छ जब कि मानिसहरुका लागि त्यत्रो समय छैन । यसले नै सन् २१०० आउदा आउदै जनस.ख्या ११ अर्ब भन्दा कम हुने छ ।
राष्ट्रसंघको एक प्रतिवेदनले विश्वको ३५ करोड महिलाले आफ्नो अन्तिम बच्चाहरु चाहेका थिएनन् । तर उनीहरुसग‘ त्यस्तो अधिकार थिएन कि उनीहरुले बच्चा नजन्माउन् । यदी हामी महिलाहरुलाई शसक्त बनाउछौं भने पनि जनसंख्या नियन्त्रणमा लिन सकिन्छ ।
अब सवाल छ पृथ्वीले ११ अर्ब जनसंख्याको बाmेझ उठाउन सक्दैन भने कति चाही मानिसको बोझ उठाउला त ?

यस प्रश्नको जवाफ निकै कठिन छ । एडिलोड विश्व विद्यालयका प्रोफेसर कोरे ब्रेडसा यसको जवाफ थुप्रै कुराहरुमा निर्भर गर्ने तर्क गर्दछन् । खेतीको तरीका, बिजुलीको उत्पादन, आदि कुरामा पनि निर्भर गर्दछ ।
मानिसले जंगलको विनाश गरीरहेका छन् । पानीको स्रोत सुकिरहेको छ । समुन्द्रमा प्रदुषण बढीरहेको छ । त्यसैले आज करीब एक अर्ब मानिस भोकमरीको शिकार भईरहेका छन् । त्यही एक अर्ब जति नै मानिस कुपोषणको शिकार बनिरहेका छन् ।
सन् २०१२ मा आएको सयुक्त राष्ट्रसंघको एक रिपोर्ट अनुसार पृथ्वीले ८ अर्ब देखि १०२४ अर्ब सम्म जनसंख्याको बोझ पृथ्वीले थेग्न सक्छ । तर यसका लागि अलग अलग रहन सहन हुनु पर्छ । तर सार्वजनिक रुपमा कुनै पनि तरीकाले जनसंख्या नभई हामी कस्तो जिन्दगी बिताउन चाहन्छौ ? अमेरीका यूरोप जस्ता ससाधनको दुरुपयोग गर्ने वाला या एशिया र अफ्रीकाको जस्तो अभाव सहितको जिन्दगी ? यसमा भर पर्ने छ ।

दोस्रो पक्ष प्रविधिको हो । जसमा निरन्तर आएको परिवर्तनले जनसंख्यामा ठूलो प्रभाव पारीरहेको छ । राम्रो प्रविधिको प्रयोगद्धारा धेरै कृषि उपज उत्पादन गर्न सकिने छ । पानीको बर्बादी रोक्न सकिने छ । ग्रिन हाउस उत्सर्जन तथा बिजुलीको खपत घटाउन सक्छौं ।
सन् १९२८ मा जर्ज क्निब्सले लेखेका थिए कि ८ अर्ब जनसंख्याको खुवाउनका लागि जमिनको बेहत्तर उपयोग गर्नु पर्दछ । तर तीन वर्ष पछि कार्ल बोशलाई रासायनिक खाद्यको खोजका लागि नोवेल पुरस्कार प्राप्त भएको थियो । उनलाई केमिकल खाद्यका लागि जिम्मेवार मानिन्छ ।
अमेरीकी अन्तरीक्ष एजेन्सी नाशाका केप्लर मिशनले ब्रम्हाण्डमा पृथ्वी जस्तो थुप्रै ग्रहहरु पत्ता लगाएको थियो । शायद भोलीको मानव समुह त्याहा गएर बस्न सक्छन् । तर अहिलेका लागि यो दिल्ली बहुत दुर हे जस्तै हो ।
फेरी पनि धरती नै मानिसको ठेगाना हो । यसैले हामी यही नै राम्रो तरीकाबाट रहने तरीका सोच्नु आवस्यक हुन्छ । ताकि धरतीको सुन्दरता पनि बचोस् र मानिसको नस्ल पनि फलोस् फुलोस् । यसमा सबै भन्दा राम्रो तरीका त यही हो कि हामी ससाधनको खपत कम गरौं । तब नै पत्ता लाग्ने छ कि धरतीले कति जनसंख्याको बोझ उठाउन सक्छ ?

  

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी