काठमाडौ, ११ चैत्र ।
चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज हाइनान प्रान्तमा आयोजित बोआओ एसिया फोरममा सम्बोधन गर्नुभएको छ ।
चीनको पहलमा सन्चालन भएको आर्थिक मन्च बोआओ फोरममा प्रधानमन्त्री ओलीले सबै एसियाली मुलुकको हीतमा सहकारीको खाकामा सम्बन्ध बिस्तार गर्नुपर्ने बताउनु भयो ।
एशिया विश्व अर्थतन्त्रको पावरहाउसका रुपमा उदाएको चर्चा गर्नुहुदै उहाँले एशियाको समग्र विकास र उत्थान समावेशीताका आधारमा हुनुपर्नेमा जोड दिनुभयो ।
कुनै पनि एसियाली मुलुक पछि परे यस क्षेत्रमा शान्ति तथा समृद्धिको सपना पूरा हुन नसक्ने प्रधानमन्त्री ओलीको भनाई छ ।
बोआओ एसिया फोरममा सम्बोधन गर्ने प्रधानमन्त्री ओली नेपालको पहिलो प्रधानमन्त्री हुनुहुन्छ । प्राय राष्ट्रप्रमुखले सम्बोधन गर्ने फोरममा गत वर्ष राष्ट्रपति रामवरण यादवले सम्बोधन गर्नु भएको थियो ।
प्रधानमन्त्री ओली आजै चीनको पुरानो राजधानी सियान जानु हुनेछ । त्यहाँ रहदा उहाँले सान्ची प्रान्तका गभर्नर तथा स्थानीय नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सियानमा बौद्धमार्गीको बहुल्य र प्रसिद्ध बौद्ध गुम्बाहरु समेत रहेकाले नेपालसँग साँस्कृतिक सम्बन्ध समेत रहिआएको छ ।