काठमाडौं, चैत्र ११
साताको पाँचौ दिन आज सुनको मूल्यमा गिरावट आएको छ । हिजो प्रतितोला ५५ हजारमा कारोबार भएको छापावाल सुन आज तोलामा पाँच सय रुपैयाँले घटेर प्रतितोला ५४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो पनि छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले रुपैयाँले ओराले लागेको थियो । त्यस्तै तेजावी सुन प्रतितोला ५४ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, आज चाँदी प्रतितोला सात सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यावसायी संघले आजको कारोबारमा प्रति १० ग्राम सुनको मूल्य ४६ हजार सात सय २५ रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४६ हजार पाँच सय १० रुपैयाँ कायम गरेको छ । त्यस्तै चाँदी प्रति १० ग्रामको छ सय २१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline