मुलुकी ऐन प्रतिस्थापनका लागी सुझाव संकलन आजबाट सुरु

मुलुकी ऐन प्रतिस्थापनका लागी सुझाव संकलन आजबाट सुरु

  • बिहिबार, चैत्र ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाण्डौ ,११ चैत ।

ब्यावस्थापिका संसदको बिधायन समितिले नयाँ बन्ने कानुनबारे आजदेखि पहिलोपटक बिज्ञ सहितको सुझाव लिन लागेको छ ।

मुलुकी ऐनलाई प्रतिस्थापन बारे जनमत बुझ्न संसदिय टोली मुलुकका बिभिन्न स्थानमा खटिनेछन् । मुलुकका बिभिन्न १७ स्थानमा पुगेर आजदेखि १६ गते सम्म सुझाव संकलन गरिनेछ ।
बिधायन समिति सदस्य तथा समिति अन्तरगतको पाँच उपसमिति मध्ये सजाय निर्धारण तथा सजाय कार्यान्वयन समितिका संयोजक समेत रहेका रामनारायण बिडारीले आजबाट पूर्वी तराईका जील्लमा अन्तरक्रिया सहित सुझाव लिने बताउनु भयो ।

आगामी बैशाख सम्ममा सुझाव संकलन सकेर असोजमा संसदको पुर्ण बैठकमा परिमार्जित विधेयक पेस गरीने उहाले बताउनु भयो ।

सुझाव संकलनका लागी पाचँ वटै उपसमितिका संयोजक ,समितिका सदस्य तथा विज्ञ सम्मिलित २१ जनाको टोली खटिने भएको छ । पूरानो ऐनमा कानुनी व्यावस्था ,कार्यबिधि तथा दण्ड ,जरीवाना सजाय र कार्यान्वयन एकै ठाउमा भएकाले झन्जटिलो भएपछि परिमार्जन गर्न लागीएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ